सबैको समाचार
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • खुलामञ्च सिंगार्ने अभियानमा प्रहरीको अवरोध

खुलामञ्च सिंगार्ने अभियानमा प्रहरीको अवरोध

4930
Shares
खुलामञ्च सिंगार्ने  अभियानमा प्रहरीको अवरोध

काठमाडौं , पुष , १२ ,   अकुपाई टुँडिखेल अभियानमा प्रहरीले अवरोध गरेको छ। सार्वजनिक सम्पत्तिको रुपमा रहेको टुँडिखेललाई जोगाउन भन्दै शुरु भएको अभियान अन्तर्गत शनिबार खुलामञ्च सिंगार्ने कार्यक्रम थियो। तर प्रहरीले रंगरोगन गर्न नदिएको अभियन्ताहरुले बताएका छन्।

माथिको आदेश भन्दै प्रहरीले रंगरोगन तथा कुनै पनि कार्यक्रम गर्न नदिने र गरेमा बल प्रयोग गर्ने चेतावनी दिएको अभियन्ता सुशन वैद्यले जानकारी दिए। अहिले कार्यक्रम गर्ने नगर्ने भन्ने विषयमा अभियन्ता र प्रहरीबीच बिवाद भइरहेको छ। मेयर विद्यासुन्दर शाक्यको निर्देशनमा शान्तिपूर्ण कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेको वैद्यको भनाइ छ।

टुँडिखेलमा भएको अतिक्रमण रोक्न गत कात्तिकदेखि सुरु गरिएको अभियानअन्तर्गत शनिबार टुँडिखेलभित्र रंगिचंगी आकृतिहरु बनाइ रचनात्मक ढंगले विरोध गर्ने कार्यक्रम थियो।

4930
Shares

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका