सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • चीनले ल्याउँदैछ डिजिटल मुद्रा, अमेरिकी डलरका लागि खतराको घण्टी

चीनले ल्याउँदैछ डिजिटल मुद्रा, अमेरिकी डलरका लागि खतराको घण्टी

8010
Shares
चीनले ल्याउँदैछ डिजिटल मुद्रा, अमेरिकी डलरका लागि खतराको घण्टी

चीनले सन् २०२२ मा एक डिजिटल युआन मुद्रा ल्याउन चाहन्छ, जसको नाम हो इ-आरएमबी । सन् २०२२ मा चीन जाने मानिसहरुले यहीँ नयाँ डिजिटल मुद्रामा किनमेल वा लेनदेन गर्नुपर्ने हुनसक्छ ।

यो यस्तो मुद्रा हुनेछ जुन देख्न सकिँदैन, न त यसलाई अन्य नोटजस्तै हातमा समाउन सकिनेछ । यो कुनै कल्पना होइन ।

एउटा समय यस्तो आयो, जहाँ दुनियाँका सबै देश कोरोना भाइरसको संक्रमणसँग जुधिरहँदा चीनचाहिँ डिजिटल युआन मुद्रासम्बन्धी पाइलट प्रोजेक्ट सुरु गर्ने कार्यमा जुटिरहेको थियो ।

अघिल्लो महिना चीनको केन्द्रीय बैंक, पिपुल्स बैंक अफ चाइनाले चारवटा ठूला सहर, सेन्जेन, छेङ्दू, सुन्जो र जिओङगाङमा यो परियोजनामा काम सुरु गरिएको छ । उक्त परियोजनामा सरकारी कर्मचारीहरुको तलबको केही हिस्सा डिजिटल युआनमा भुक्तानी गरिनेछ ।

यो परियोजनामा म्याकडोनाल्ड, स्टारबक्सजस्ता विभिन्न २० निजी उद्योग व्यवसायहरुले पनि सहभागिता जनाएका छन् ।यदि यो सफल भएमा सन् २०२२ मा शीतकालीन ओलम्पिकको अवधिसम्ममा चीन सरकारले पूरै देशभर यो डिजिटल मुद्रा जारी गर्न सक्नेछ ।

यद्यपि, यो चरणबद्ध तरिकाले गरिनेछ र यसमा केही वर्ष पनि लाग्न सक्छ ।वास्तवमा यो परियोजनाका विषयमा सन् २०१४ मै काम सुरु भएको थियो । चीन यसलाई लागू गर्नमा निकै तीव्र ढंगले कार्य गरिरहेको छ ।यसका तीनवटा मुख्य कारण छन् : अमेरिकासँग बढिरहेको व्यापार युद्ध, कोरोना भाइरसलाई लिएर अमेरिका तथा पश्चिमा मुलुकहरुले लगातार लगाइरहेको आरोप अनि फेसबुकले लिब्रा नामक डिजिटल मुद्रा यहीँ वर्ष ल्याउन गरिरहेको तयारी ।

आमूल परिवर्तन
डिजिटल युआनको आगमनलाई यस्तो घटना मानिएको छ जसले विश्वको विद्यमान सन्तुलनमै बदलाव ल्याइदिन सक्दछ । यो चीनको त्यस महत्त्वाकांक्षी परियोजनाको हिस्सा हो जसको उद्देश्य अमेरिकाको प्रभावलाई अन्त्य गर्नु र २१ औँ शताब्दीको एक शक्तिशाली देश भएर उभिनु हो ।

विशेषज्ञहरूका अनुसार, यसको सफल प्रयोगबाट १०/१५ वर्षमै एक एउटा नयाँ राजनीतिक तथा आर्थिक व्यवस्थाको प्रादुर्भाव हुनसक्दछ ।भारतको नयाँदिल्लीस्थित फेर स्कूल अफ म्यानेजमेन्टका चीन विशेषज्ञ डाक्टर फैसल अहमद भन्छन्, ‘भारत र अमेरिका पनि क्रमशः लक्ष्मी र डिजिटल डलर नामका आफ्ना डिजिटल मुद्राहरुको तयारी गरिरहेका छन् । तर अहिलेसम्म यो वास्तविकताभन्दा निकै टाढा छ ।’

अमेरिकी डलर भर्सेस डिजिटल मुद्रा
अहिले चिनियाँ ‘ड्रागन’ले भारतीय ‘लक्ष्मी’लाई निकै पछाडि पारिसकेको छ । तर विज्ञहरुका अनुसार यसले मुद्रा जगतको अकंटक बादशाह ‘डलर’माथि पनि खतरा पैदा गरिरहेको छ ।

विज्ञका अनुसार अमेरिकी संघीय रिजर्भको खर्बौं डलरको ऋणलाई हेर्ने हो भने डलर आफ्नो खास मूल्यभन्दा निकै महंगो (ओभर भ्यालुड) छ । एक नयाँ मुद्रालाई निश्चित रूपमा स्वागत गर्नुपर्दछ । तर यसको विश्वव्यापी स्वीकृतिका लागि लामो समय लाग्नेछ ।

डिजिटल युआन अमेरिकी डलरसँग दूरी बनाउनेतर्फको एक ठूलो कदम हो । वर्तमानमा अमेरिकी डलर दुनियाँको प्रचलित मुद्रा हो जुन सन् १९७० को दशकको सुरुवातमा गोल्ड स्टाण्डर्डको अन्त्यसँगै सुरु भएको थियो ।विज्ञका अनुसार अमेरिका र चीनबीचको व्यापार युद्ध तथा कोरोना महामारीको विवादका कारण बढिरहेको विश्वव्यापीकरण विरोधी परिवेश डलरका लागि खतरा बनिरहेको छ । यद्यपि, तत्काल कुनै अरू विकल्पको अभावका कारण यो परिवर्तनका लागि समय लाग्नेछ ।

अहिले अमेरिकी डलरको महत्त्वलाई यस तथ्यबाट पनि अनुमान लगाउन सकिन्छ कि सन् २०१९ मा अन्तर्राष्ट्रिय मौद्रिक कारोबारको झण्डै ९० प्रतिशत हिस्सा अमेरिकी डलरले ओगटेको थियो ।यसको तुलनामा चिनियाँ युआनले विश्वव्यापी भुक्तानी तथा भण्डारमा केवल २ प्रतिशत हिस्सा मात्र ओगटेको छ ।

अर्कोतर्फ संसारका बैंकिङ प्रणालीमा वैदेशिक मुद्रा भण्डारको ६० प्रतिशत हिस्सा अमेरिकी डलरले ओगटेको छ । रोचक त के भने चीनको ढुकुटीमा तीन खर्ब डलर समेत अमेरिकी मुद्रामा छ ।चीनले यसलाई विभिन्न तरिकारले प्रयोग गर्न सक्दछ, जसबाट यसो शाख बढ्नेछ ।

विज्ञहरुका अनुसार, भू–राजनीतिक फाइदका लागि अन्य देशलाई प्रोत्साहन प्याकेन दिने तथा मध्य एसियादेखि लिएर आर्कटिक क्षेत्रसम्म बेल्ट एण्ड रोड परियोजनामा सामेल देशहरुमा लगानी गर्नका लागि समेत चीनले यो मुद्राको प्रयोग गर्न सक्दछ ।

अहिले अमेरिकी डलरको प्रभाव तथा यसको महत्त्वकै कारण अमेरिकाले विश्वको राजनीतिक तथा आर्थिक मुद्दामा आफ्नो दबदबा कायम राख्न सकेको छ । उदाहरणका लागि इरान, रुस, उत्तर कोरिया तथा अन्य केही देशका विरुद्ध उसको प्रतिबन्ध पनि अन्तर्राष्ट्रिय व्यापार तथा बैंकहरुको अमेरिकी डलरमाथिको निर्भरताकै कारण सम्भव भएको छ ।

जर्मन बैंकले गत जनवरीमा एउटा रिपोर्ट सार्वजनिक गरेको थियो, जसमा चिनियाँ डिजिटल मुद्राले विश्वको शक्ति सन्तुलनलाई उल्टाउन सक्ने उल्लेख गरिएको थियो ।

रिपोर्टमा भनिएको थियो, ‘चीन आफ्नो केन्द्रीय बैंकको सहयोगमा एक डिजिटल मुद्रामा काम गरिरहेको छ, जसलाई उसले सफ्ट वा हार्ड पावर टूलको रूपमा प्रयोग गर्न सक्नेछ । यदि चीनमा व्यापार गर्ने कम्पनीहरुलाई डिजिटल युआनको प्रयोग गनैपर्ने बाध्यता सिर्जना गरियो भने निश्चित रूपमा यसले विश्व बित्तीय बजारमा डलरको प्रधानतालाई नष्ट गर्न सक्नेछ ।’

हुन त डिजिटल युआन तथा यस्तै खाले डिजिटल मुद्राहरुले नोटलाई सम्पूर्ण रूपमा समाप्त गर्न सक्दैन । तर यो क्रेडिट कार्डजस्ता तेस्रो पक्षको अन्त्यको कारण बन्न सक्दछ ।मा जोड दिनुभएको छ । जेठ १० गते साँझ रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा अन्तरजातीय विवाहको विवादमा सो घटना भएको थियो ।
साभार : अनलाइन खबर

8010
Shares

ट्रेन्डिङ