सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • कोरोना संक्रमित बोकेको एम्बुलेन्स दुर्घटना, ७ जना घाइते

कोरोना संक्रमित बोकेको एम्बुलेन्स दुर्घटना, ७ जना घाइते

5530
Shares
कोरोना संक्रमित बोकेको एम्बुलेन्स दुर्घटना, ७ जना घाइते

अर्घाखाँची, २६ जेठ : चन्द्र प्रभा मावि क्वारेन्टाइनबाट सोमबार पुष्टि भएका ५ जना कोरोना सक्रमित बिरामी बोकेर सन्धिखर्क आउँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।

चालक, सहचालकसहित ५ जना कोरोनाका बिरामी बोकेर सन्धिखर्क ल्याउँदै गरेको लु१च ३५३५ नम्बरको एम्बुलेन्स डिहिडाँडाको ओरालो सडकबाट करिब १५ मिटर तल घरमा गएर ठोक्किएकाे जिल्ला सशस्त्र प्रहरी प्रमुख माधव रेग्मीले जानकारी दिए।

अहिले घटनास्थलतर्फ जिल्ला प्रहरीको टोली, सशस्त्र प्रहरीको टोली र स्थानीय बासिन्दाले उद्धार गरिरहेका बताइएको छ। ५ जना कोरोना सक्रमितमध्ये एक जना महिलाको ढाडमा चोट लागेको बताइएको छ। सडक अत्यन्तै चिप्लो भएका कारण एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

5530
Shares

ट्रेन्डिङ