सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • एउटै हाँगामा झुन्डिएको अवस्थामा देवर-भाउजुको शव फेला

एउटै हाँगामा झुन्डिएको अवस्थामा देवर-भाउजुको शव फेला

8830
Shares
एउटै हाँगामा झुन्डिएको अवस्थामा देवर-भाउजुको शव फेला

इलाम : माङसेबुङ गाँउपालिका–६ मा एउटै हाँगामा झुन्डिएको अवस्थामा देवर-भाउजुको शव फेला परेको छ। माङसेबुङ–६ मावाटोलका २७ वर्षीय विशाल राई र उनकै भाउजु २६ वर्षीया गीता राईको शव फेला परेक्ो प्रहरीले जनाएको छ।

बिहीबार बिहान कसैलाई नभनी घरबाट हिँडेका देवर र भाउजु बेलुकासम्म घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा शुक्रबार बिहान साढे ११ बजे घरदेखि करिब ७०० मिटर टाढा रुखको एउटै हाँगामा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला पारेका थिए।

घटनाबारे प्रहरी चौकी साक्फाराबाट जानकारी पाएपछि इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी निरीक्षक राजकुमार साह तेलीको नेतृत्वको टोली घटनास्थल पुगेको छ। दुवैजनाको शवलाई पोष्टमार्टमको लागि पाँचथरको रवी लगिएको छ। घटनाको प्रकृति हेर्दा शंकास्पद नै देखिएको प्रहरी निरीक्षक तेलीले बताए। थप विवरण पोष्टमार्टमको रिपोर्ट आएपछि थाहा हुने तेलीले बताए।

8830
Shares

ट्रेन्डिङ