सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बिरगंज ब्यवस्तित हुन्छ : प्रहरी उपरीक्षक गङा पन्त

बिरगंज ब्यवस्तित हुन्छ : प्रहरी उपरीक्षक गङा पन्त

6035
Shares
बिरगंज ब्यवस्तित हुन्छ : प्रहरी उपरीक्षक गङा पन्त

सुनिल श्रेष्ठ २०७७ असार १७ / ब्यवस्थित बीरगंज अभियानले तिव्रता लिएको छ । पहिलो चरणमा ब्यवस्थित बीरगंज अभियान अन्र्तगत पावर हाउस चोकदेखी रजत जयन्ती चोक सम्म ,घण्टाघरदेखी बसपार्क सम्मको लिंकरोड र माइस्थानको बजार क्षेत्रलाई ब्यवस्थित बनाइने अभियानको अठोट रहेको छ । अभियान अन्र्तगत नै ट्राफिक अनुशासन कायम राख्न तथा ट्राफिक व्यवस्थापनमा सहज घण्टाघर क्षेत्रको मुख्य सडकमा आज सडक डिभाइडर राखिएको छ । डिभाइडरले लेन अनुशासन कायम राख्ने बिश्वास गरिएको छ । हिलटेक कम्पनीले निर्माण गरेको सडक डिभाइडरको ब्यवस्थापन बीरगंज महानगरपालिकाले गरेको हो । अहिले ४० वटा डिभाइडर आइसकेको छ निकट भविष्यमा थप डिभाइडर ल्याइने बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले बताउनु भयो ।

हिलटेक कम्पनीले बनाएको डिभाइडरमा एउटमा १ सय लिटर पानी राख्न मिल्छ । पानी हाल्दा प्लास्टिकको डिभाइडर गरुङगो हुन्छ जसले डिभाइडरलाई अयन्त्र सार्न वा लैजान गार्हो हुन्छ । महानगर प्रमुख सरावगीले दमकलबाट डिभाइडरमा पानी भरेर यो अभियानको शुरुवात गर्नु भएको थियो । त्यस्तै घण्टाघरको दक्षीण तर्फ देब्रे साइडमा मोटरसाइकल तथा अन्य सवारी साधनको पार्किङ निषेध गरिएको छ । सवारी साधन र्पािकङ नहोस भन्नकालागि सिक्री लगाएर अवरोध सृजना गरिएको छ । वीरगञ्जको घण्टाघर देखि माईस्थान सम्मको सडकखण्डलाइ नो पार्किङ्ग बनाइएको छ । उक्त सडकखण्डमा छेकबार लगाई पार्किङ्ग निषेध गरिएको हो । बीरगंजको मूख्य सडक पार्किङ मुक्त बनाउने गरि अभियानलाई अगाडि बढाइएको छ । अभियानको शुभारम्भ गर्दै नगर प्रमुख सरावगीले सहरलाई ब्यबस्थित बनाउनका लागि जिल्ला प्रहरी कार्यालय , ट्राफिक प्रहरी र सामाजिक संघ संस्थाले चालेको कदमलाई सबैले सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नु भयो ।

कार्यक्रममा पर्साकी प्रहरी प्रमुख गंगा पन्तले सबैले आआफ्नो जिम्मेवारी बोध गर्ने हो भने वीरगञ्जलाइ व्यवस्थित बनाउन धेरै समय नलाग्ने बताउनु भयो । उहाँले बानीमा परिर्वतन ल्याउन कठिन भएपनि सकिने बिश्वास ब्यक्त गर्दै सकारात्मक रुपमा सोच्ने र हेरिनु पर्नेमा जोड दिनु भयो । बिरोध र आलोचना भइरहन्छन तर काम गर्न भने छोड्नु हुदैन उहााले भन्नु भयो “ बीरगंजलाई राम्रो ब्यवस्थित र सभ्य बनाउने हो भने त्यसको अगुवाई बीरगंजबासीले नै गर्नु पर्ने धारणा राख्नु भयो । ब्यवस्थित बीरगंज अभियान अन्र्तगत गहवामाई मन्दिर अगाडि ठेला राखेर फलफूल बेच्न नपाउने ब्यवस्था मिलाइएको छ । मिना बजारमा पसलहरुमा सटर भन्दा अगाडि समानहरु राखेर बेच्न नपाइने गरि ब्यवस्था मिलाइएको छ ।

6035
Shares

ट्रेन्डिङ