सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • भोलिदेखि राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक

भोलिदेखि राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक

6770
Shares
भोलिदेखि राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक

काठमाडौं, साउन २१ : राति ९ बजेदेखि ५ बजेसम्म हिँडडुल गर्न रोक लगाइएको छ। गृह मन्त्रालयले एक सूचना जारी गरी काेराेना नियन्त्रण तथा राेकथामका लागि भन्दै भोलिदेखि लागू हुनेगरी यस्ताे व्यवस्था गरिएकाे जनाएको छ।

काठमाडौं उपत्यका र २ सयभन्दा बढी संक्रमित रहेका जिल्लाभित्र पनि सो समयमा हुने आवागमन बन्द गर्ने गृह मन्त्रालयको सूचनामा उल्लेख छ। गृहले सुरक्षा निकाय तथा जिल्ला प्रशासनलाई निर्देशन दिँदै मास्क नलगाई हिँड्ने तथा सुरक्षाका उपाय अवलम्वन नगर्नेलाई जरिवाना तथा कारबाही गर्न भनेको छ।उपत्यका र २ सय बढी संक्रमित भएका जिल्लामा चल्ने सवारीसाधनमा भोलिदेखि जोर बिजोर प्रणाली पनि लागू गरिएको छ।

6770
Shares

ट्रेन्डिङ