सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेमा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि

काभ्रेमा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि

5730
Shares
काभ्रेमा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि

काभ्रे। काभ्रेमा आज थप १० जनामा कोरोना संक्रमण पुस्टि भएको छ । धुलिखेल अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा बनेपाका दुई पुरुष र एक महिला छन् भने नमोबुद्धका एक महिला गरि चार जनामा संक्रमण पुस्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।

यस्तै प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा शिर मेमोरिअल अस्पतालका तिन कर्मचारी र बनेपाका एक ,नमोबुद्धका एक र पाँचखालका एक गरि ६ जनाको पिसिआर पोजेटिभ आएको डाक्टर नरेन्द्रकुमार झालेबताउनुभयो ।

यो संगै जिल्लामा संक्रमितको संख्या ३८९ पुगेको छ । यस्तै जिल्लाका संक्रमित मध्ये आज सम्म झण्डै दुई सय जना निको भएर घर फकीएका छन् । संक्रमित मध्ये १९९ जना उपचार पछि निको भएका छन् । निको हुनेमा ७५ जना महिलाहुन्भने १२४ जना पुरुष हुन् ।

5730
Shares

ट्रेन्डिङ