सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • झुटो अफवाह फैलाइ ठग्न खोज्ने दुई प’क्राउ

झुटो अफवाह फैलाइ ठग्न खोज्ने दुई प’क्राउ

6585
Shares
झुटो अफवाह फैलाइ ठग्न खोज्ने दुई प’क्राउ

काठमाडौं, २१ मंसिर : धामी-झाँक्रीले प्रयोग गर्ने थुर्मीमा तान्त्रिक शक्ति भएको भनी ठग्न खोज्ने दुई जना प’क्राउ परेका छन्। महानगरीय प्र’हरी परिसर, ललितपुरले झु’टो अफवाह फैलाई ठग्न खोजेको भन्दै दुई जनालाई प’क्राउ गरेको हो।

प्रवक्ता प्र’हरी उपरीक्षक प्रज्वल महर्जनका अनुसार मकवानपुरका ४५ वर्षीय जीवन प्रजा र ओखलढुंगाका ४३ वर्षीय जय गिरी प’क्राउ परेका हुन्।
उनीहरूले दुई महिनाअघि ठ’ग्नको लागि झाँक्रीले प्रयोग गर्ने थुर्मीमा तान्त्रिक शक्ति छ भनी सामाजिक सञ्जालमा भिडिओ हालेका थिए।

‘उनीहरूले भिडिओ हालेर मानिसहरूलाई भ्रममा राखेर ठग्न खोजे,’ प्र’हरी उपरीक्षक महर्जनले भने, ‘सो थुर्मी भन्ने सामान एक जनालाई ५० हजारमा बेच्न खोजेका रहेछन्।’ सो खबर थाहा पाएपछि प्र’हरीले शनिबार उनीहरूलाई ललितपुर महानगरपालिका-१० कुपण्डोलबाट प’क्राउ गरेको हो। उनीहरूमाथि प्र’हरीले थप अनुसन्धान अघि बढाएको छ।

6585
Shares

ट्रेन्डिङ