सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • भारत जाँदै परराष्ट्रमन्त्री, ऐतिहासिक प्रमाणका आधारमा सीमा विवादको विषयमा छलफल हुने

भारत जाँदै परराष्ट्रमन्त्री, ऐतिहासिक प्रमाणका आधारमा सीमा विवादको विषयमा छलफल हुने

4215
Shares
भारत जाँदै परराष्ट्रमन्त्री, ऐतिहासिक प्रमाणका आधारमा सीमा विवादको विषयमा छलफल हुने

काठमाडौं, माघ १ःपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तीनदिने भारत भ्रमणको सिलसिलामा आज त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । उनी जनवरी १६ मा भारत भ्रमण सकेर स्वदेश फर्कने छन् ।

परराष्ट्रमन्त्री ज्ञवाली नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा सहभागी हुन भारत जान लागेका हुन् ।

बैठकमा नेपाल–भारत सम्बन्धका सम्पूर्ण आयमहरूमा छलफल गरिने परराष्ट्रले जनाएको छ । बैठकमा व्यापार, वाणिज्य, पारवाहन, ऊर्जा, सीमा, कोभिड–१९ सहयोग, पूर्वाधार, कनेक्टीभिटी, लगानी, कृषि, पर्यटन, संस्कृतिलगायतका विषयहरूमा छलफल हुनेछ ।

 

4215
Shares

ट्रेन्डिङ