सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

5325
Shares
माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीे बैठक आज पनि बस्दैछ ।

बैठक मंगलबार दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने जनाइएको छ।

अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार बैठकमा महाधिवेशन केन्द्रित विषयमा नै छलफल गरिने बताइएको छ।

सोमबारको बैठकले महाधिवेशन केन्द्रित केही क्रियाकलापको कार्यतालिका हेरफेर गर्ने निर्णय गरेको थियो।

मंगलबार त्यही हेरफेर गरिएको समयमा गुर्नपर्नैै संगाठानिक कामबारे छलफल हुनेछ।

सदस्यता नवीकरण गर्ने मितिलाई असोज मसान्तसम्म समय थप गर्ने वडा भेलाको बैठक कात्तिक १३ गते गर्ने र मंसिर ४ गते स्थानीय तह स्तरीय भेला गर्ने निर्णय गरेको थियो।

माओवादी केन्द्रले आफ्नो राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम गर्ने निर्णय भने यथावत राखेको छ।

5325
Shares

ट्रेन्डिङ