सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • हिन्दू राष्टका लागि जनमत संग्रह

हिन्दू राष्टका लागि जनमत संग्रह

3955
Shares
हिन्दू राष्टका लागि जनमत संग्रह

मंसिर १५ गते, प्रज्ञा प्रतिष्ठान । खुमबहादुर खड्काले विशाल हिन्दूसभाको आयोजना गरे । त्यस सभामा हिन्दूराष्ट्र पुनस्र्थापनाका लागि खुन बगाउन सक्ने भन्दै हिन्दूराष्ट्रको माग गरे । त्यही सभामा खुमबहादुरले हिन्दूराष्ट्रका लागि जनमत संग्रह गरेर देखाउन चुनौति पनि दिएका छन् ।

अव महाआन्दोलन सुरु भयो । हिन्दूराष्ट्र घोषणा नभएसम्म यो आन्दोलन रोकिदैन । म मरुला, आन्दोलन जारी रहन्छ । हिन्दूधर्म नरहे नेपालको राष्ट्रियता पनि रहन्न, यसैले आन्दोलनका लागि समस्त हिन्दूहरु तैयार हुनुपर्छ । हिन्दूराष्ट्र पार्टीको सवाल होइन, राष्ट्रको सवाल हो, आफ्नो मिसनको लागि, आफ्नो धर्मको लागि, आफ्नो राष्ट्रको लागि म लडिरहन्छु ।

कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य एबं सांसद मोहन बस्नेत, देबेन्द्र कडेल, पुष्पा भुषाल, बुद्धिराम भण्डारी पनि उपस्थित थिए । साथै तारानाथ रानाभाट, लक्ष्मण घिमिरे, चिरञ्जीवि वाग्ले, पूर्व सेनापति रुक्मांगद कटवाल, विश्लेषक सौरभ, मोहम्मद मख्खिखान, शंकर पाण्डे, देवप्रकाश त्रिपाठी, देबेन्द्र पौडेल, मदन मण्डल, अधिबक्ता प्रेम खड्का, अधिबक्ता, बालकृष्ण न्यौपाने, खेमनाथ आचार्य, मोहन लामा, नेपाली बाबा, डा सुरेन्द्र केसी, डा केबी रोकाय, शालिकराम सिंह, रामकृष्ण उपाध्याय, भुमा पाण्डे, रामचन्द्र अधिकारी, दिलबहादुर क्षेत्री, १००८ भागवत आचार्य, रमेशजङ रायमाझी, मिनकृष्ण महर्जनको पनि उपस्थिति थियो ।

अन्य दलका नेताहरु, पेसाकर्मी, पूर्व प्रशासकहरु, प्रहरी र नेपाली सेनाका अवकाशप्राप्त रुकमांगद कटवालसहितका उच्च अधिकारीहरु का साथै हजारौं हिन्दूवादीहरु उपस्थित थिए । सबैको माग एउटै थियो– मुलुकमा देखापरेको अस्थिरता र अन्योलता अन्त्यका लागि हिन्दू राष्ट्र कायम हुनैपर्छ ।

3955
Shares

ट्रेन्डिङ