सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • संघीयताको कारण देश बिखण्डन तर्फ जाँदैछ: खड्का

संघीयताको कारण देश बिखण्डन तर्फ जाँदैछ: खड्का

2810
Shares
संघीयताको कारण देश बिखण्डन तर्फ जाँदैछ: खड्का

शरद रेग्मी, दाङ मंसिर १९ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रभावशाली नेता खुमबहादुर खड्काले वर्तमान समस्याको जड दिल्लीमा गरेको भएको १२ बुँदे सम्झौता भएको बताएका छन् । रिपोटर्स क्लब नेपाल दाङ शाखाले आइतबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेता खड्काले यस्तो बताएका हुन् ।
उनले भने ‘हाम्रो जस्तो सानो मुलुक जहाँ तीन करोड जनसंख्या छैन, यस्तो देशमा संघीयता आवश्यक थिएन भन्ने मान्छे म तर पार्टीले स्वीकारेकोले म त्यसलाई नकारिनँ ।’ उनले संघीयतामा नजाऊँ, जातजातिको कुरा आउँछ भोलि अप्ठेरो हुन्छ भन्दा साथीहरूले नमान्दा आज देश विखण्डनतर्फ जान थालेको नेता खड्काले बताए ।
१२ बुँदे सहमति हत्पत्मा गरेकोले मुलुकमा अस्थिरता निम्तिएको उनले बताए । खड्काले आफूहरूले राजसंस्थाको विषयमा तानाशाह हुनुहुन्न भनेको भए पनि राजा फाल्ने कुरा नगरेको बताए ।
धर्र्मिनरपेक्षताको सवालमा समेत १२ बुँदेमा कतै उल्लेख नभएकोले त्यो लाद्न खोज्दा आज देश अस्थिर भएको र विभाजनतिर गइरहेको बताए ।
रिपोटर्स क्लव दाङ शाखाका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रम पूर्वगृहमन्त्री समेत रहेका नेता खड्काले राष्ट्रिय विभूती पृथ्वीनारायण शाह र महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक फोर्नेहरू विदेशी दलाल भएको बताए ।
उनले माओवादी केन्द्रलाई विदेशी दलालको संज्ञा समेत दिए । उनले भने, ‘दरबारियाले जन्माए, इण्डियाले बढाए–हुर्काए र गिरिजाप्रसाद कोइरालाले फलाए फुलाए ।’
अर्को प्रसङगमा सीमाङ्कन गर्दा पहिलेनै त्रुटी गरेकाले अहिले समस्या आएको नेता खडकाको दाबी छ । पहिले गर्नुपर्ने काम अहिले गर्दा कांग्रेसलाई घाटा पुग्ने उनले बताए ।
राजनीतिले निकास नपाउँदासम्म देशले निकास नपाउने बताउदै उहाँले देशलाई निकास दिन पनी सबै दलहरु एक ठाउँमा आउनुपर्नेमा उनको जोड थियो ।
खडकाले जनताले चाहेमा फेरी हिन्दु राष्ट्र र्फिकने बताए । ९४ प्रतिशत ओमकार परिवार रहेको नेपालमा ४ प्रतिशतको हाराहारीमा रहेका मुस्लीमहरुको पनी हिन्दु राष्ट्रका लागि समर्थन रहेकाले जनता जागेमा हिन्दुराष्ट्र फर्कन सम्भव रहेको भन्दै नेताहरुको अदुर दृष्टिका कारण क्रिष्चयन धर्मावलम्बीहरु बड्दै गएको आरोप लगाउँदै उनले क्रिश्च्यिानिटीको बृद्धीले देशमा धार्मिक युद्धको खतरा बढ्ने उनको दावी थियो ।
पत्रकारको प्रश्नको जबाफ दिदै नेता खडकाले आफूलाई उप–सभापति नबनाए पार्टीलाई घाटा पुग्ने बताए । भारतीय राजदुतको उपस्थितिमा आफुलाई उप–सभापति बनाउने सहमति भएको स्मरण गर्दै नेता खडकाले सहमति पालना नगरे घाटा पार्टीले नै ब्यहोर्नुपर्ने चेतावनी दिए ।

2810
Shares

ट्रेन्डिङ