सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • पशुपतिनाथलाई आज राति खिचडीको भोजन गराइँदै

पशुपतिनाथलाई आज राति खिचडीको भोजन गराइँदै

6495
Shares
पशुपतिनाथलाई आज राति खिचडीको भोजन गराइँदै

 

काठमाडौं : चिसो बढेसँगै आज राति पशुपतिनाथलाई खिचडी भोजन गराइँदैछ।

१० पाथी चामल, दुई पाथी मासको दाल, दुई दुई पाथी रहर र चनाको दाल, घिउ र सक्खर तीन धार्नी, बेसार, अदुवा चार धार्नीसहितको खिचडी तयार गरी पशुपतिनाथलाई चढाउने प्रचलन छ।

खिचडी भोजनपछि भोलि पशुपतिनाथलाई तोरीको तेल घसेर न्यानो गराउने कार्य हुन्छ।

तोरीको तेल घसेर आराम गर्ने भएकाले भोलि पशुपतिनाथको मन्दिर सर्वसाधारणको दर्शनका लागि बन्द रहन्छ।

बाला चतुर्दशीका दिनदेखि मनतातो पानीले पशुपतिनाथको स्नान गर्न सुरु गरिन्छ। खिचडी भोजन सरकारले गराउने गरेको छ।

6495
Shares

ट्रेन्डिङ