सबैको समाचार
बिहिबार, साउन १४, २०८३
  • होमपेज
  • काभ्रेको पनौती नगरक्षेत्रभित्र धार्मिक कार्यक्रम नगर्न नगरपालिकाको निर्देशन

काभ्रेको पनौती नगरक्षेत्रभित्र धार्मिक कार्यक्रम नगर्न नगरपालिकाको निर्देशन

11680
Shares
काभ्रेको पनौती नगरक्षेत्रभित्र धार्मिक कार्यक्रम नगर्न नगरपालिकाको निर्देशन

 

काभ्रेको पनौती नगरक्षेत्रभित्र एक महिना धार्मिक कार्यक्रम गर्न नपाइने भएको छ ।

नगरपालिकाको त्रिवेणीघाटमा माघ महिनाभर लाग्ने मकर मेलालाई व्यवस्थित बनाउन नगरपालिकाले अन्य धार्मिक तथा अनुष्ठानका कार्य नगर्न आग्रह गरेको हो ।

मेलाको अवसर पारेर नगरको अनुमति नलिई धार्मिक तथा अनुष्ठानका कार्य र सहयोग संकलन हुँदै आएको भन्दै नगरले त्यसो नगर्न पनि आग्रह गरेको छ । यसप्रति आफ्नो ध्यानाकर्षण भएको पालिकाले विज्ञप्ति मार्फत जनाएको छ ।

यदि धार्मिक तथा अन्य संघसस्थाले धार्मिक अनुष्ठानका कार्य र सहयोग संकलन गर्नुपरे नगरपालिकाबाट अनुमति लिएर मात्रै गतिविधि अगाडी बढाउन सूचनामार्फत भनिएको छ ।

सूचनाको वेवास्ता गरे कार्यक्रम संचालानमा नियन्त्रण गर्ने पालिकाले चेतावनी समेत दिएको छ। ऐतिहासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीमा हरेक बाह्र वर्षमा लाग्ने ‘मकर मेला’ को तयारीस्वरूप विभिन्न कामहरु अन्तिम चरणमा पुगेको छ ।

11680
Shares

ट्रेन्डिङ