सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • देशभर मौसम बदली‚ अधिकांश स्थानमा वर्षाको सम्भावना

देशभर मौसम बदली‚ अधिकांश स्थानमा वर्षाको सम्भावना

3880
Shares
देशभर मौसम बदली‚ अधिकांश स्थानमा वर्षाको सम्भावना

 

काठमाडौं, २३ पुस : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम बदली भई अधिकांश स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ।

शुक्रबार बिहानको देशभरिको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १ र प्रदेश २ का एक दुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले छ।

आज दिउँसो देशभरको मौसम आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका थोरै स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै, उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा बाँकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेश का एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू–भागकाथोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

3880
Shares

ट्रेन्डिङ