सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेको रोशी गाउँपालिकाले दियो तीन दिन सार्बजनिक बिदा

काभ्रेको रोशी गाउँपालिकाले दियो तीन दिन सार्बजनिक बिदा

4950
Shares
काभ्रेको रोशी गाउँपालिकाले दियो तीन दिन सार्बजनिक बिदा

 

काभ्रेको रोशी गाउँपालिकाले तीन दिन सार्बजनिक बिदा दिने निर्णय गरेको छ ।

तामाङ समुदायको बिशेष पर्व सोनम ल्होछारको अवसरमा पालिकाले बिदा दिने भएको हो । गाउँपालिकाले आज एक सूचना जारी माघ १८ देखि २० गतेसम्म बिदा दिने भएको हो ।

यो वर्षको सोनम ल्होछार पर्व माघ १९ गते परेको छ । बिदाका दिन गाउँपालिका अन्तर्गतका सम्पुर्ण कार्यालयहरु, शैक्षिक संस्था , विभिन्न संघसस्थाहरु र पालिका भित्रका बैंक तथा बित्तिय संस्थाहरु बन्द हुने छन् ।

यसअघि तेमाल गाउँपालिकाले पनि सोनम लोछार मनाउन तीन दिन सार्बजनिक बिदा दिने हिजै घोषणा गरिसकेको छ ।

तेमाल गाँउपालिकाले हिजो एक सुचना जारि गर्दै १८ देखि २० गतेसम्म सर्बजनिक बिदा दिने निर्णय गरेको हो ।

 

4950
Shares

ट्रेन्डिङ