सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेमा कोरोना : आज एकैदिन ३१५ जना निको भए

काभ्रेमा कोरोना : आज एकैदिन ३१५ जना निको भए

6030
Shares
काभ्रेमा कोरोना :  आज एकैदिन ३१५ जना निको भए

 

काभ्रेमा आज पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख धेरै भएको छ ।

पछिल्लो केहिदिन दिनदेखि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख धेरै रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी ७६ जनाको नमुना परीक्षण गर्दा २८ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ३१५ जना निको भएका छन्। यस्तै पछिल्लो २४ घण्टामा कसैले पनि कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छैनन्।

अहिले काभ्रेमा ६सय २० जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन्। बनेपा नगरपालिकाभित्र १७९ जना कोरोनाका सक्रिय बिरामी रहेका स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तमराज सेढाईँले जानकारी दिए ।

उनका अनुसार धुलिखेलमा १८३ जना,पनौतीमा १३७ जना,पाँचखालमा ४३ जना,नमोबुद्धमा १० जना,मण्डनदेउपुरमा १६ जना कोरोनाका सक्रिय बिरामी रहेका छन्।

त्यस्तै भुम्लु गाउँपालिकामा १२ जना,तेमालमा ३ जना,खानीखोलामा २ जना,महाभारतमा ४ जना बेथानचोकमा ९, चौरीदेउराली र रोशीमा ११ -११ जना कोरोनाका सक्रिय बिरामी रहेका स्वास्थ्य प्रशासक डा. पुरुषोत्तमराज सेढाईँले जानकारी दिए ।

 

6030
Shares

ट्रेन्डिङ