सबैको समाचार
बुधबार, साउन १३, २०८३
  • होमपेज
  • काभ्रे बहिरा माध्यामिक विद्यालयले मनायो रजत महोत्सव

काभ्रे बहिरा माध्यामिक विद्यालयले मनायो रजत महोत्सव

5235
Shares
काभ्रे बहिरा माध्यामिक विद्यालयले मनायो रजत महोत्सव

 

 

बनेपामा रहेको काभ्रे बहिरा महासंघ, बहिरा माध्यामिक विद्यालयको रजत महोत्सव सहित बार्षिक उत्सव तथा अधिबेशन कार्यक्रम सम्पन्न भएको छ ।

 

 

विरबहादुर बोगटीको सभाअध्यक्षतामा भएको कार्यक्रममका प्रमुख अतिथि बनेपा नगरपालिका नगर प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठ रहनु भएको थियो । कार्यक्रममा, विषयगत शाखा, महिला तथा बालबालिका, वडा अध्यक्ष, सहित गैर सरकारी संस्था महासंघ केन्द्रीय अध्यक्ष टोम प्रसाद सापकोटा उपस्थित हुनुभएको थियो । कार्यक्रम बहिरा विद्यालयका सस्थापक अध्यक्ष कृष्ण प्यारी नकिर्मिले सञ्चालन गर्नु भएको थियो ।

 

विद्यालयको रजत महोत्सव, बार्षिक उत्सव कार्यक्रममा विद्यालयलाई योगदान गर्ने व्यक्ति संघ संस्थालाई सम्मान पत्र, खादा तथा मायाको चिनो प्रदान गरी सम्मान समेत प्रमुख अतिथिको हातबाट भएको थियो ।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख बादेले बहिरा विद्यालयले काभ्रेमा पु¥याएको योगदानको उच्च कदर गर्दै आगामी यात्रामा नियम संगत नगरपालिका तथा विषयगत शाखामा समन्वय गरेर अगाडी बढन सदैव तयार रहेको बताउनुभयो ।

 

गैर सरकारी संस्था महासंघका केन्द्रीय सदस्य सापकोटाले सामाजिक संघसंस्थाको विकास उन्नती, सुधार र परिस्कृत गर्दै लैजानको लागि नागरिक समाजको आवश्यक पर्ने भूमिका र सहयागमा महासंघ सधै हातेमालो गर्दै अगाडी बढदै जाने बताउँदै महासंघले बहिरा विद्यालले समुदायमा पु¥याएको योगदानको उच्च सम्मान रहेको धारणा ब्यक्त गर्नुभयो ।

 

काभ्रे बहिरा विकास संघको २४ औं बार्षिक साधारण सभा १२ औं अधिबेशनबाट अध्यक्षमा विबहादुर बोगटी उपाध्यक्षमा शर्मिला मानन्धर, महासचिवमा धिरोज अधिकारी, सचिबमा ठुलोभाई तिमल्सिना, कोषध्यक्षमा दिनेश बादे श्रेष्ठ, सदस्यभा रोश श्रेष्ठ, रिता के.सि. सहना राजबंशि, आनन्द मानन्धर, उद्धव अधिकारी, पार्वती गौतम, कञ्चन मानन्धर रहनु भएको छ ।

 

 

 

5235
Shares

ट्रेन्डिङ