सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • होलीलाई मर्यादित बनाउन काभ्रे प्रशासनको आग्रह

होलीलाई मर्यादित बनाउन काभ्रे प्रशासनको आग्रह

8850
Shares
होलीलाई मर्यादित बनाउन काभ्रे प्रशासनको आग्रह

 

जिल्ला प्रशासन कार्यालय काभ्रेले होली (फागुपूर्णिमा) लाई मर्यादित बनाउन सबैमा अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले एक सूचना जारी गर्दै होलीमा कसैलाई पनि इच्छाविपरित रङ नदल्न आग्रह गरेका छन् ।

 

होली मनाउने नाममा रीतिरिवाज र परम्परा विपरीत उच्छृङ्खल क्रियाकलाप नगर्न प्रशासनले आग्रह गरेको हो । सूचनामा सर्वसाधारणलाई दुःख दिने, इच्छा विपरीत रङ दल्ने, लोला तथा फोहर पदार्थले हान्ने, मादक पदार्थ सेवन गरेर अवाञ्छित क्रियाकलाप गरी शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नगर्न भनिएको छ ।

त्यस्तै बाटो अवरोध गरी पैसा असुल्ने जस्ता क्रियाकलाप नगर्न पनि प्रशासनले आग्रह गरेको छ । काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा भोलि र तराईका जिल्लामा पर्सि होली मनाइँदै छ ।

 

8850
Shares

ट्रेन्डिङ