सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • गाडी दुर्घटना हुँदा एमालेका ४ नेता घाइते

गाडी दुर्घटना हुँदा एमालेका ४ नेता घाइते

7240
Shares
गाडी दुर्घटना हुँदा एमालेका ४ नेता घाइते

काठमाडौँ, २४ असार : सिन्धुलीको कमलामाई नगरपालिका–१४ मा नेकपा एमालेका नेताहरू सवार गाडी दुर्घटना हुँदा ४ जना घाइते भएका छन्।

घाइतेमध्ये ३ जना सिकिस्त रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसी मनोज लामाले जानकारी दिए।

काठमाडौंबाट प्रदेश १ तर्फ जाँदै गरेको बा २ च ९००३ नम्बरको टोयोटा ल्याण्डक्रुजर सिन्धुलीको मदन भण्डारी राजमार्ग सडकखण्डमा दुर्घटना हुँदा एमाले पोलिटब्युरो सदस्य गोकुल घर्ती, पूर्वमन्त्री तथा नेता कृपाशुर शेर्पा, पेम्बा गुरुङ, देवराज राई र गणेश थापा घाइते भएका हुन्।

घाइतेमध्ये पेम्बा गुरुङ, देवराज राई र गणेश थापा सिकिस्त रहेको प्रहरीले जनाएको छ। घाइतेलाई सिन्धुलीमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको डिएसपी लामाले जानकारी दिए।

गाडी अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। एमालेनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ प्रदेश नम्बर १ को विस्तारित बैठकमा जाने क्रममा गाडी दुर्घटनामा परेको हो।

 

7240
Shares

ट्रेन्डिङ