सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • १२ वर्ष पछि फरार प्रतिवादी पक्राउ

१२ वर्ष पछि फरार प्रतिवादी पक्राउ

1895
Shares
१२ वर्ष पछि फरार प्रतिवादी पक्राउ

पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले जबरजस्ती करणी मुद्दामा कैद सजाय भई फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरी कारागार चलान गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी निरीक्षक केशव केसीका अनुसार जिल्लाको कुश्मा नगरपालिका–१० पिपलटारी बस्ने ३८ वर्षीय सागर नेपालीलाई पक्राउ गरिएको हो

जबरजस्ती करणी सम्बन्धी कसुर मुद्दामा तत्कालीन पुनरावेदन अदालत बागलुङ (हाल उच्च अदालत पोखरा बागलुङ इजलास, बागलुङ) ले २०६८ साल चैत आठ गते ११ वर्ष कैद सजायको फैसला सुनाएको थियो।

अदालतको फैसलापछि फरार रहेका प्रतिवादी नेपालीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति गत कत्तिक १६ गते पिपलटारीबाटै पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनको लागि सम्मानित पर्वत जिल्ला अदालत पठाएपछि १६ गते नै जिल्ला कारागारमा चलान गरिएको छ।

1895
Shares

ट्रेन्डिङ