सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • ९१ केजी गाँजासहित तीनजना पक्राउ

९१ केजी गाँजासहित तीनजना पक्राउ

2405
Shares
९१ केजी गाँजासहित तीनजना पक्राउ

बझाङ | जिल्लाको खप्तडछान्ना गाउँपालिकामा प्रहरीले ठूलो परिमाणमा गाँजासहित ३ जनालाई पक्राउ गरेको छ। आइतबार साँझ ५ बजे जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलिले घर खानतलासी गर्ने क्रममा लागुऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको हो।

प्रकाउ पर्नेमा खप्तडछान्ना गाउँपालिका–७ गोरखाली बस्ने ६४ बर्षीय खडक खड्का, गोरर्खा जिल्ला अजिरकोट गाउँपालिका–२ खरिकोट बस्ने ३८ वर्षीय सन्तोष गुरुङ र पर्सा जिल्ला सुकौली पटेर्वा गाउँपालिका–९ लक्ष्मीपुर बस्ने ५५ वर्षीय रामबहादुर गुरुङ छन्।

उनीहरुको साथबाट गाँजाको दाना र धुलो गरी ९१ केजी, ५ सय १५ ग्राम र गाँजा बनाउन प्रयोग गरिने सामानसहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी भरत शाहले बताए।

नियन्त्रणमा लिएका तीनै जनालाई जिल्ला अदालत बझाङले १५ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा राखी अनुसन्धान भइरहेको समेत डिएसपी शाहले बताए।

2405
Shares

ट्रेन्डिङ