सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • चिसो बढेपछि विद्यालय तीन दिन बन्द

चिसो बढेपछि विद्यालय तीन दिन बन्द

1830
Shares
चिसो बढेपछि विद्यालय तीन दिन बन्द

बाँके | चिसो अत्यधिक बढेपछि बाँकेको नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन बिदा दिइएको छ।

सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा माघ ४ देखि ६ गतेसम्म जाडो बिदा दिएको नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताए।

नेपालगञ्जमा एक सातायता शीतलहर चलेसँगै चिसो अत्यधिक बढेको छ। शीतलहरसँगै लागेको हुस्सु र कुहिरोका कारण विद्यार्थीलाई विद्यालय जान आउन र विद्यालयमै बस्न अप्ठ्यारो भएपछि विद्यालयमा बिदा दिएको थापाले बताए।

‘मौसम प्रतिकूलताका कारण अत्यधिक जाडो बढेसँगै विद्यार्थीको पठनपाठनमा असहजता हुने भएकाले बिदा दिने निर्णय गरेका छौँ’, उनले भने, ‘जाडो बिदाबाट कट्टी हुने गरी बिदा दिइएको हो।’

बाँकेमा शीतलहरसँगै कुहिरो र हुस्सुले दुई सातादेखि जनजीवन प्रभावित भएको छ।

1830
Shares

ट्रेन्डिङ