धादिङ :- होटल व्यवसायी संघ धादिङको १७ औं साधारणसभा तथा रक्तदान कार्यक्रम धादिङको सदरमुकाम धादिङबेशीमा सम्पन्न भएको छ । नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगानाले सो सभाको उद्घाटन गरेका हुन ।
संघका जिल्ला अध्यक्ष रामशरण सिलवालको अध्यक्षतामा सम्पन्न सभामा नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगाना , होटल व्यवसायी महासंघका उपाध्यक्ष धना चोख्याल, होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष दामोदर नेपाल , धादिङका सहायक प्रजिअ बलराम ढकाल लगायतले शुभकामना ब्यक्त गरेका थिए ।