सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • आकाशविनायक संरक्षण समितिको चौथों वार्षिक उत्सव सम्पन्न

आकाशविनायक संरक्षण समितिको चौथों वार्षिक उत्सव सम्पन्न

465
Shares
आकाशविनायक संरक्षण समितिको चौथों वार्षिक उत्सव सम्पन्न

काभ्रे । काभ्रेको ऐतिहासिक नगर पनौती नगरपालिका वडा नं ६ स्थित गोरखनाथ डाँडामा रहेको आकाशविनायक संरक्षण समितिको चौथों वार्षिक उत्सव सम्पन्न भएको छ ।

भाद्र शुक्ल गणेश चतुर्थीको दिन आज (शनिबार) पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा आकाशविनायक संरक्षण समितिको चौथों वार्षिक उत्सव सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख भण्डारीले समितिले विभिन्न समयमा धार्मिक एवं सामाजिक कार्य गर्दै आएकोमा आभार प्रकट गरे । यस प्रकारको कार्यलाई निरन्तरता दिनको उनले समितिलाई अनुरोध गरे ।

२०७६ सालमा श्रीमद भागवत महायज्ञ सञ्चालन गरेर पञ्चधातुबाट निर्मित ९ फिट उचाई भएको आकाशविनायकको निर्माण गरी २०७८ सालमा प्राण प्रतिष्ठा गरिएको आकाशविनायक संरक्षण समितिका राम कुमार बस्नेतले जानकारी दिए ।

465
Shares

ट्रेन्डिङ