काभ्रे । जिल्लामा अविरल परेको बर्षाको कारण बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ६७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेमा आज सम्मको तथ्यांकअनुसार ८ जना अझै वेपत्ता रहेका छन् । वेपत्ता हुनेमा तेमाल गाउँपालिकामा मात्रै ५ जना रहेका छन् ।
तेमाल गाउँपालिका २ मा ३ जना र तेमाल गाउँपालिका १ मा २ जना वेपत्ता छन् । यस्तै धुलिखेल नगरपालिका ८ मा १ जना, नमोबुद्ध ५ मा १ जना र चौरीदेउराली गाउँपालिकामा १ जना वेपत्ता छन् ।
जिल्लामा सबैभन्दा बढी पनौती नगरपालिकामा १८ जनाको ज्यान गएको छ भने वेथानचोक गाउँपालिकामा १२ जनाले ज्यान गुमाएका छन् । यस्तै तेमाल गाउँपालिकामा ९, मण्डनदेउपुर नगरपालिकामा ७, रोशी गाउँपालिकामा ७, नमोबुद्ध नगरपालिकामा ५, भुम्लु गाउँपालिकामा ३, बनेपा नगरपालिकामा ३ र धुलिखेलमा २ चौरीदेउरालीमा १ जनाले ज्यान गुमाएका छन् ।
यसैगरी काभ्रेमा ज्यान गुमाउनेमा महिला ३० जना, पुरुष २३ जना, बालक ८ र बालिका ६ जना रहेका छन् । काभ्रेमा घाइते भएकामध्ये ५० जना उपचारपछि घर फर्केका छन् भने २१ जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय काभ्रेका एस पि बसुन्धरा खड्काले जानकारी दिनु भयो ।
वेपताको खोजी कार्य सङै स्थानिय तहले सहयओग सङकल अभियान सुरु गरेका छन । जिल्लाको सबैभन्दा बडी क्षेती भएको पनौती , बेथान्चोकले सहयोग सङकलका लागी अफिल समेत गरिसकेका छन भने क्षेतिको प्रारम्भिक विवरण समेत उपलब्ध गराउदै गएका छन ।