सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • बाढीपहिरो प्रभावितलाई पतञ्जलि आयुर्वेदिक काभ्रेको राहत सामग्री

बाढीपहिरो प्रभावितलाई पतञ्जलि आयुर्वेदिक काभ्रेको राहत सामग्री

पतञ्जलि आयुर्वेदिक काभ्रेले पनौती ११ नेपानेका बाढीपहिरो प्रभावितलाई गर्यो राहत सामग्री वितरण

810
Shares
बाढीपहिरो प्रभावितलाई पतञ्जलि आयुर्वेदिक काभ्रेको राहत सामग्री

काभ्रेपलाञ्चोक । पतञ्जलि आयुर्वेदिक काभ्रेले बाढीपहिरो प्रभावित समुदायहरूलाई ठोस राहत सामग्री प्रदान गरेको छ । पतञ्जलिले पनौती नगरपालिका वडा नं. ११ नेपानेका बाढीपहिरो पीडितहरूलाई १५ देखि २० दिनसम्मका लागि खाना पुग्ने गरी आवश्यक राहत सामग्री वितरण गरेको छ ।

राहत सामग्री वितरण कार्यक्रममा चामल, दाल, तेल, नुन, चिनी लगायतका अत्यावश्यक खाद्य पदार्थहरू समावेश थिए । यस प्रकारको सहयोगले बाढीपहिरोले घरबार गुमाएका, आयस्रोतबाट वञ्चित भएका र असहाय अवस्थाम रहेका व्यक्तिहरूलाई केही राहत प्रदान गरेको छ । बाढीपहिरोले गर्दा प्रभावित व्यक्तिहरूको दैनिकी निकै कठिन भएको थियो, र यसले उनीहरूको दैनिक जीवनलाई केही सहज बनाउन मद्दत पु¥याएको छ ।

काभ्रेपलाञ्चोकको विभिन्न क्षेत्रमा पतञ्जलि आयुर्वेदिकले राहत सामग्री वितरण गरेका थिए । राहत वितरण कार्यक्रममा पतञ्जलि योग धुलिखेलका स्वामी र समाज सेवी ग्रोवन तौजले, काभ्रे रोट्ररी क्लव अफ २०२४÷२०२५ का प्रिसिडेन्ट रिकेश कायस्था लागयतको टिमले राहत समाग्री वितरण गरिएको थियो, जसले सामग्रीहरूलाई उचित र आवश्यक व्यक्तिहरूमा वितरण गर्न मद्दत पु¥याए। यसले राहतको कार्यलाई पारदर्शी र निष्पक्ष बनाएको छ ।

राहत कार्यले बाढीपहिरो पीडितहरूको मात्र नभई समुदायको मनोबल बढाउन पनि महत्वपूर्ण भूमिका खेलेको छ, जसले कठिनाइको समयमा आशा र सहयोगको भावना फैलाएको छ ।

810
Shares

ट्रेन्डिङ