सबैको समाचार
सोमवार, साउन १८, २०८३
  • होमपेज
  • सहकारी ठगी प्रकरणमा मेरो कुनै सहभागिता छैन : उपसभापति गुरुङ

सहकारी ठगी प्रकरणमा मेरो कुनै सहभागिता छैन : उपसभापति गुरुङ

1075
Shares
सहकारी ठगी प्रकरणमा मेरो कुनै सहभागिता छैन : उपसभापति गुरुङ

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै सहभागिता नभएको बताएका छन् । मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले आफूमाथि निष्पक्ष छानबिनका लागि संसदमा कुरा राखिसकेको पनि बताएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केही दिनदेखि आफ्नो तस्बिर देखाएर आन्दोलन गरिरहेको थाहा पाएको भन्दै उनले भने, ‘सहकारी ठगी प्रकरणमा मेरो कुनै सहभागिता नभएको र निष्पक्ष छानबिनको लागि मैले सम्मानित संसदमा कुरा राखिसकेको छु । म सधैँ भ्रष्टाचार र भ्रष्टाचारीको विरुद्धमा खरो उत्रने सच्चा नेपाली हुँ ।’

ज्योति गुरुङले गरेको गल्तीको दोषी आफूलाई बनाएर नाराबाजी गर्ने हो भने रवि लामिछानेले गरेको गल्तीमा निकिता पौडेललाई पनि हिरासतमा राखेर कारबाही गर्न किन माग नगरेको भन्दै उपसभापति गुरुङले रास्वपालाई प्रश्न गरेका छन् ।

1075
Shares

ट्रेन्डिङ