सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा वर्षाको सम्भावना

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा वर्षाको सम्भावना

520
Shares
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राती कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक -दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

520
Shares

ट्रेन्डिङ