सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • स्वास्थ्य मन्त्री पौडेलको टिप्पणी : संवैधानिक व्यवस्था नमान्न पाइन्छ

स्वास्थ्य मन्त्री पौडेलको टिप्पणी : संवैधानिक व्यवस्था नमान्न पाइन्छ

680
Shares
स्वास्थ्य मन्त्री पौडेलको टिप्पणी : संवैधानिक व्यवस्था नमान्न पाइन्छ

काभ्रेपलाञ्चोक । सरकारको निर्णयअनुसार साउन १ गतेदेखि स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु सरकारी स्वास्थ्य संस्थालाई तोकिए पनि काभ्रेको धुलिखेलमा उक्त सेवा सुरू हुन सकेको छैन।

सेवा सुरू गर्नु पर्ने १३ दिन नाग्दा समेत सेवा सुरू हुन सकेको छैन । धुलिखेलका नागरीकले आवश्यक परेमा नागरिक रिफर समेत गर्न नसकेको हो ।

रिफर गर्न सकिन्न भन्ने अवस्थाले नागरिकलाई झनै अन्यौलमा पारेको छ। यसलाई कतिपयले नागरिकको संवैधानिक स्वास्थ्य सेवा उपयोग गर्ने अधिकार नै नगरपालिकाले खोसेको जस्तै भान भएको बताएका छन्।

यसै सन्दर्भमा नेपाली कांग्रेस धुलिखेल नगर कार्यसमितिले स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई औपचारिक रूपमा पत्र बुझाउँदै, धुलिखेल सामुदायिक अस्पताललाई पुनः प्रथम सेवा बिन्दु कायम गर्न माग गरेको छ।

पत्रमा भनिएको छ, “२०७२ सालदेखि धुलिखेल सामुदायिक अस्पतालले नगरपालिकासँगको सहकार्यमा सस्तो, गुणस्तरीय र सहज सेवा दिँदै आएको छ। जनशक्ति, उपकरण, भौगोलिक पहुँच लगायतका आधारमा पनि यो अस्पताल पहिलो रोजाइ हुनु स्वाभाविक हो।”

पत्र बुझ्दासाथ मन्त्री प्रदीप पौडेलले धुलिखेलका मेयर अशोक ब्यञ्जुलाई “संवैधानिक व्यवस्था नमान्न पाइन्छ ?” भन्ने प्रश्न उठाएका थिए। मन्त्रीको उक्त टिप्पणीले विषयको संवेदनशीलता र राजनीतिक महत्व दुवै उजागर गरेको छ।

धुलिखेलका प्रमुख दलहरूले जनताको स्वास्थ्य अधिकार सुनिश्चित गर्न धुलिखेल अस्पतालबाट यथाशीघ्र बीमा सेवा सुरू गर्न र यसलाई पहिलो सेवा बिन्दु कायम गर्न सरकारलाई खबरदारी मन्त्रालयमै पुगेर गरेका हुन् ।

680
Shares

ट्रेन्डिङ