सबैको समाचार
बुधबार, साउन १३, २०८३

आइतबार सार्वजनिक बिदा

585
Shares
आइतबार सार्वजनिक बिदा

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी साउन २५ गते गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार प्रदेश मन्त्रिपरिषद्को बैठकबाट पारित निर्णयलाई प्रदेश राजपत्रमा प्रकाशित गर्दै बिदा औपचारिक रूपमा घोषणा गरिएको हो।

निर्णय अनुसार उक्त दिन बागमती प्रदेशभित्रका सार्वजनिक कार्यालय, शैक्षिक संस्था तथा निजी संघसंस्थाहरू बन्द रहनेछन्।

गाईजात्रा काठमाडौं उपत्यकासहित बागमतीका विभिन्न क्षेत्रमा विशेष रूपमा मनाइने नेवार समुदायको प्रमुख सांस्कृतिक पर्व हो। पितृ श्रद्धा र स्मरणका रूपमा मनाइने यस पर्वमा गाईको स्वरूपमा सिँगारी टोलटोल घुम्ने, नाचगान गर्ने र विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्ने परम्परा रहिआएको छ।

585
Shares

ट्रेन्डिङ