सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • नेपाली कांग्रेस तनहुँका उपसभापतिको निधन

नेपाली कांग्रेस तनहुँका उपसभापतिको निधन

5560
Shares
नेपाली कांग्रेस तनहुँका उपसभापतिको निधन

नेपाली काँग्रेस तनहुँका उपसभापति ६५ वर्षीय ताराराज रानाको बुधबार हृदयाघातका कारण अकस्मात् निधन भएको छ ।बुधबार बिहानसम्म सञ्चै रहेका रानाको दिउँसो अकस्मात् निधन भएको हो ।
दिउँसो १२ः३० बजे छविसेस्थित खेतमा जाँदा छाति दुख्यो भनेर असहज महसुस गरेका रानालाई शिव मेडिकल हल थर्पुमा सामान्य उपचार पछि जेठा छोरा गौरवले पोखराको फिस्टेल अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा रानाको बाटोमा नै मृत्यु भएको हो ।अस्पताल पुर्याउनासाथ चिकित्सकले रानालाई मृत घोषणा गरेको उनका भतिजा जितराज रानाले बताए ।
सोही अस्पतालमा कास्की र तनहुँका काँग्रेसका नेता कार्यकर्ताले मृतक रानाप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।२०३२÷३३ साल देखि नेपाली कांग्रेसबाट राजनीतिक जीवन सुरु गर्नुभएका रानाका श्रीमती, दुई छोरी र दुई छोरा रहेका छन् ।
यसैबीच नेपाली कांग्रेस तनहुँका उपसभापति ताराराज रानाको बुधबार हृदयघातका कारण अकस्मात् निधन भएपछि नेपाली कांग्रेस तनहुँले स्तब्ध भएको जनाएको छ । उपसभापति रानाको निधनले आफूहरु स्तब्ध भएको पार्टी सभापति वैकुण्ठ न्यौपानेले बताए ।

5560
Shares

ट्रेन्डिङ