सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • शिवम् सिमेन्ट देखि होसियार !

शिवम् सिमेन्ट देखि होसियार !

4865
Shares
शिवम् सिमेन्ट देखि होसियार !

नापतौल तथा गुणस्तर विभागबाट कारवाहीमा परेका शिवम् सिमेन्टले नेपाली उपभोक्ता माथी दादागिरी शुरु गरेको छ । कमशल बालुवा र ढुङ्गाको धुलो बेच्ने यस सिमेन्टले व्यापकरुपमा उताउलो नक्कली प्रचारबाजी गर्दै उपभोक्ता ठगी गर्दै आएको भेटिएको छ । तौल कम हुने ढलान भएको १ महिनामै फुट्ने गोदामा राखेको १/२ दिनमै डल्ला पर्ने जस्ता अनौठो खाले शिवम् सिमेन्टलाई ६ महिना अगाडी नापतौल तथा गुणस्तर विभागले कारवाही समेत गरेको फेला परेको छ ।
केही मिडियाहरुमा चर्को प्रचारवाजी गर्दै आम नेपाली जनता ठगी गर्ने भारतीय नागरिकहरुको लगानीमा स्थापना भएको शिवम् सिमेन्ट माथि राज्यले अब छानविन गर्नु पर्दछ नत्र हामी कारवाही गर्दछौं एक उपभोक्ताले राजतिकल साप्ताकिलाई बताए ।
नक्कली नेपाली नागरिकताधारी रगुनन्दन मारु र केही नेपाली मिली स्थापना गरेको यस सिमेन्ट विरुद्ध उपभोक्ताले पटक÷पटक कारवाहीको माग गर्दै विभिन्न निकायहरुमा उजुरी दिएपनि कारवाही नभएको खुलासा भएको छ ।
नेपाली मिडियालाई चर्को मुल्यमा विज्ञापन दिई शिवम् सिमेन्टको गलत र गुणस्तर हिन कार्यबाहिर नआएपछि अब उपभोक्ता आफैले कारवाही शुरु गर्ने स्रोतको दावी छ । यसवारेमा प्रतिक्रिया लिन फोन गर्दा कम्पनीका मार्केटिङ मेनेजर केशव अर्यालले फोन उठाएनन् ।

4865
Shares

ट्रेन्डिङ