सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • गोमा एयर दुर्घटना जाँच आयोग गठन

गोमा एयर दुर्घटना जाँच आयोग गठन

3210
Shares
गोमा एयर दुर्घटना जाँच आयोग गठन

काठमाडौँ, १४ जेठ । सरकारले गोमा एयरको विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । दुर्घटनाबारे विस्तृत छानबिन गरी ९० दिनभित्र प्रतिवेदन पेस गर्नेगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रिस्तरको आजको निर्णयानुसार आयोग गठन गरिएको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिनुभयो ।
आयोगको अध्यक्षमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धर, सदस्यमा सैनिक हवाई महानिर्देशनालयका महासेनानी, क्याप्टेन आशिष नरसिङ राणा, तारा एयरका वरिष्ठ क्याप्टेन बोधराज निरौला, मनाङ् एयरका वरिष्ठ ईन्जिनियर दीगम्बर राजभण्डारी र सदस्य सचिवमा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य रहनुभएको छ ।
दुर्घटनामा परी दिवङ्गत हुनुभएका चालक दलका सदस्यको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्नुका साथै उक्त दुर्घटनामा परी घाइते हुनुभएकी विमान परिचारिकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
काठमाडौँबाट लुक्लाका लागि कार्गो उडानमा रहेको गोमा एयरको उडान नं ढल्(ब्पथ –भित द्धज्ञण् को विमान लुक्ला विमानस्थल अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो । उक्त विमानमा सवार चालक पारसकुमार राई र सहचालक श्रीजन मानन्धरको मृत्यु भएको थियो । परिचारिका प्रज्ञा महर्जनको काठमाडौँमा उपचार भइरहेको छ । रासस

3210
Shares

ट्रेन्डिङ