सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • नमुना मतदान कार्यक्रम सम्पन्न

नमुना मतदान कार्यक्रम सम्पन्न

4095
Shares
नमुना मतदान कार्यक्रम सम्पन्न

इलाम, १८ जेठ । मतदाताले हालेको मत बदर नहोस् र सहज रूपमा मतदान गर्न सकोस् भन्ने उद्देश्यले जिल्ला निर्वाचन कार्यालय इलामले नमुना मतदान सम्पन्न गरेको छ । उक्त नमुना मतदान कार्यक्रममा सय जना मतदाता सहभागी भए पनि ५० जनाले मात्र मतदान गरेका थिए । मतदानमा चार वटा मतपत्र बदर भएको जिल्ला निर्वाचन अधिकारी प्रेम काफ्लेले बताउनुभयो ।
स्थानीय तहको निर्वाचनमा कसरी मतदान गर्ने भन्ने मतदातामा देखिएको अन्यौलता हटाउन नमुना मतदान गरिएको हो, उहाँले भन्नुभयो – “हामीले अन्यौल भएकालाई मात्रै मतदानमा सहभागी हुन आग्रह गरियौंं ।” सो नमुना मतदान कार्यक्रममा मतदानका लागि पूरा गर्नुपर्ने सबै प्रक्रिया पुरा गरेर मतदातालाई देखाइएको थियो । मतदानमा एक जना मतदातालाई पाँच मिनेटभन्दा बढी समय लागेको थियो ।
मतदानमा नमुना मतपत्र नै प्रयोग गरिएको थियो । मतदान सकिएपछि मुचुल्का गर्ने तरिका, मतपेटिकालाई सिल गर्ने तरिकाबारेमा पनि जानकारी गराइयो । सो अवसरमा स्थानीय तहको निर्वाचनका विषयमा सरोकारवालासँग अन्तक्र्रियासमेत गरिएको थियो । रासस

4095
Shares

ट्रेन्डिङ