सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • मिडाट अस्पतालले गल्ती स्वीकार्‍यो, ३० लाख क्षतिपूर्तिमा सहमति

मिडाट अस्पतालले गल्ती स्वीकार्‍यो, ३० लाख क्षतिपूर्तिमा सहमति

5380
Shares
मिडाट अस्पतालले गल्ती स्वीकार्‍यो, ३० लाख क्षतिपूर्तिमा सहमति

जेठ २१, काठमाडौं । ललितपुरको लगनखेलस्थित मिडाट अस्पतालमा पाठेघरको शल्यक्रिया गर्दा चिकित्सकले बिरामीको आन्द्रासमेत काटिदिँदा बिरामीको मृत्यु भएको छ। अस्पतालले गल्ती स्वीकार गरी क्षतिपूर्ति रकम दिने सहमति गरेपछि नाराबाजीमा उत्रिएका मृतकका आफन्तले शव बुझेका छन्। काभ्रे बनेपाकी पूर्णकुमारी श्रेष्ठको पाठेघरको शल्यक्रियाका क्रममा शनिबार बेलुका मृत्यु भएको हो। अस्पतालले गल्ती स्वीकार गरी मृतकका परिवारलाई आइतबार ३० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
श्रेष्ठ जेठ १५ गते अस्पतालमा भर्ना भएकी थिइन्। चेकजाँचपछि चिकित्सकले भोलिपल्टै पाठेघरको शल्यक्रिया गरेका थिए। शल्यक्रियापछि श्रेष्ठको स्वास्थ्य अवस्था थप जटिल बनेको थियो। पेटमा समस्या बढेपछि चेकजाँच गर्दा आन्द्रासमेत काटिएको खुलेको थियो। बिरामीको अवस्था गम्भीर भएपछि उनलाई शनिबार पाटन अस्पतालमा लगिएको थियो। शल्यक्रिया गर्ने मिडाट अस्पतालमा आइसियू र भेन्टिलेटर दुवै थिएन। जस कारण बिरामीलाई पाटन अस्पताल लैजानु परेको थियो।
बिरामीको मृत्यु भएपछि आफन्तले आइतबार बिहान अस्पतालमा नाराबाजी गरेका थिए। अस्पताल प्रशासनले वार्तामा बोलाई ३० लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति गरेको थियो। सहमतिपछि मृतकका आफन्तले शव बुझेका छन्।

5380
Shares

ट्रेन्डिङ