सबैको समाचार
आइतवार, अशोज १८, २०८३

वन कार्यलय नै अन्यौलमा

7185
Shares
वन कार्यलय नै अन्यौलमा

जेठ २२, धुलिखेल ( पुजन धिताल ) । जिल्ला वन कार्यलय काभ्रेले भूकम्प पिडतलाई घर निर्माणका लागि ५० क्यू फिटसम्म बाठ दिने भन्दै आवेदन फारम जिल्ला बासीलाई भर्न लगाएको छ । विभाग र मन्त्रालयको चिठी अनुरुप पिडितलाई काठ तराईको जिल्लाहरुबाट खरीद गरी वितरण गरीने भनिएता पनि खरिद चिठी नआई सकेकाले काठ वितरणमा ढिला हुने निश्चत भएको छ । यस अघी नै फारम भर्ने म्याद सकिए पनि जेठ २३ गते सम्म म्याद थप गरी फारम लिईरहेको जिल्ला वन कार्यलयले जनकारी दिएको छ ।जिल्ला वन कार्यलयले विभाग र मन्त्रालयको चिठीको आधारमा फारम भराए पनि प्रति भूकम्प पिडीतलाई ५० क्यूफिट काठ दिनका लागि बाटो नखुलेको वन कार्यलयका सहायक न्हुछे कृष्ण श्रेष्ठले जनकारी दिएका छन् ।पिडितले उक्त काठ पाउनका लागि पहिलो किस्ताको रकम लिएको र घर बनाउनको लागि नक्शा पास गरीएको, सामुदायी वन उपभाक्ता समितिको सिफारीस, हालको गाउपालिका वा नगरपालिकाको सिफारीस,नेपाली नागरीकता र लालपुर्जाको प्रतिलिपि लिएर वनकार्यलयमा आवेदन फारम भरे मात्र काठ पाउने छन् ।काठको वितरण भने वन विभागको आदेश पश्चात जिल्ला वन कार्यलय र जिल्ला वन पैदावर आपूर्ति समितिले गर्ने जनाइएको छ । अहिले सम्म जिल्लाको बनेपा,धुलिखेल पाँचखाल, खानीखोला, नमोबुद्ध आदि गाउपालिका र नगरपालिकाहरूबाट काठ पाउनका लागि आवेदन दिएको पाइयो ।

7185
Shares

ट्रेन्डिङ