सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • बराह–१ मा नेपाली काँग्रेस प्यानल विजयी

बराह–१ मा नेपाली काँग्रेस प्यानल विजयी

4785
Shares
बराह–१ मा नेपाली काँग्रेस प्यानल विजयी

इनरुवा, १६ असार । सुनसरीको बराह नगरपालिका–१ मा नेपाली काँग्रेसका वडाध्यक्षसहित प्यानलै नै विजयी भएको छ । यहाँको १ नं वडाध्यक्षमा नेकाका तर्फबाट वडाध्यक्षका उम्मेदवार सुरेश श्रेष्ठ एक हजार १५९ मत ल्याई विजयी हासिल गर्नुभएको हो ।
श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार खड्क कटुवाललाई ३१८ मत अन्तरले पराजित गर्नुभएको हो । आज बिहान वडा नं १ को मतगणना सम्पन्न हुँदा प्रमुख र उपप्रमुखमा नेकाले अग्रता लिएको छ । प्रमुखमा नेकाले एक हजार ६८, उपप्रमुखमा एक हजार ७५ मत प्राप्त गरेको छ भने एमालेले प्रमुखमा ८८८ र उपप्रमुखमा ८७३ मत पाएको जनाएको छ । रासस

4785
Shares

ट्रेन्डिङ