सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजपाले बुझायो सहिद घोषणा गर्न बाँकी सूची

राजपाले बुझायो सहिद घोषणा गर्न बाँकी सूची

2745
Shares
राजपाले बुझायो सहिद घोषणा गर्न बाँकी सूची

काठमाडौँ, साउन ६ । राष्ट्रिय जनता पार्टी नेपालले सहिद घोषणा गर्न छुटेको भन्दै १२ जनाको नाम सरकारलाई बुझाएको छ । यसैगरी मधेस आन्दोलनका क्रममा लगाइएका ६ सय ८२ जनाको मुद्दा फिर्ता लिन पनि राजपाले सरकारसँग माग गरेको छ ।
आजको नागरिक दैनिकमा खबर छ– राजपाका नेताहरुले मधेस आन्दोलनका क्रममा घाइते भई अशक्त भएका ४३ जनाको नाम पनि सरकारसमक्ष पेस गरेको छ । उनीहरुलाई जीवनभर भरणपोषण गर्नुपर्ने राजपाको माग छ । यसैगरी राजपाका नेताहरुले सरकारसँग देशका विभिन्न कारागारमा रहेका करिब एक सय बन्दी रिहा गर्न माग गरेका छन् ।

2745
Shares

ट्रेन्डिङ