सबैको समाचार
मङ्लबार, असार ९, २०८३
  • होमपेज
  • काभ्रेमा फेरी अर्को दुखद घटना, बिन्दुले लगाईन जिआई पाइपमा सलको पासो

काभ्रेमा फेरी अर्को दुखद घटना, बिन्दुले लगाईन जिआई पाइपमा सलको पासो

6175
Shares
काभ्रेमा फेरी अर्को दुखद घटना, बिन्दुले लगाईन जिआई पाइपमा सलको पासो

काभ्रे, १४ साउन । केहि दिन अघि काभ्रेको बनेपामा एकै परिवारका चार जना मृत अवस्थामा भेटिए । त्यसको सात दिन नवित्दै विहीबार धुलिखेल नगरपालिका वडा नम्बर ८ मा एक जोडी दम्पतीले एउटै रुखमा झुण्डिएर आत्महत्या गरे फेरी (आज) शनिबार साझको ६ बजे तिर काभ्रेको बनेपा न.पा १२ बांसडोल जाने बाटो नजिक नेस्नल हेल्थ फाउन्डेशनको कार्यलय पुरानो खाली घरको बाहिर पेटीमा  नाम थर वतन नखुलेको अन्दाजी बर्ष २०/ २२ की महिलाको लास फेला परेको छ ।  घटना स्थालमा प्रहरी चौकी सांगाबाट प्र.स.नि. को कमान्डमा ३ जनाको टोली र थप अनुसन्धाको लागी इलाका प्रहरी बनेपाबाट प्रहरी निरिक्षकको कमान्डमा ५ जनाको टोलीले घटनाको अनुसन्धान कार्य भई रहेक छ । थप जानकारी आउन बाकी  ।
बिन्दुले लगाईन जि.आई पाइपमा सलको पासो
शनिवार साझ ८:३० बजेको समयमा काभ्रे रोसि गाउपालिका १ घर भई हाल धुलिखेल न.पा ५ स्थित खड्पुचोक नजिक काठको फर्निचर गोदाम खोलि बसेको ज्ञान बहादुर तामाङकी छोरि बर्ष अन्दाजी १५/ १६ की बिन्दु तामाङले उक्त गोदामको छानाको जि.आई पाइपमा सलको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेकी छिन् । थप जानकारी आउन बाकी  ।

6175
Shares

ट्रेन्डिङ