सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • तिजमा कसरी गर्ने मेकअप ? तिज स्पेसल टिप्स

तिजमा कसरी गर्ने मेकअप ? तिज स्पेसल टिप्स

4995
Shares
तिजमा कसरी गर्ने मेकअप ? तिज स्पेसल टिप्स

तिज भन्ने बित्तिकै राताे पहिरन, राताे लाछा, राताे लिबिस्टिक , राताे पाेते लगाइन्छ । यस्ताे लुगा अनी मेकअप पनि राताे भयाे भने मेचर्ड (उमेर भन्दा धेरै देखिनु ) देखिन्छ । त्यसैले तिजमा कसरी सिम्पल अनी राम्राे देखिन ब्युटिसयन मनीता तामाङले यस्ताे टिप्स दिएकी छिन ।

१. पहिला अनुहारमा प्राइमर लगाउने जस्ले मेकअप धेरै बेर टिकाउने र राम्राे देखाउने काम गर्छ ।

२. अाफ्नाे अनुहारकाे रंग संग मिल्ने फाउन्डेसन लगाउने ।

३. अाइब्राे अाफुलार्इ सुहाउदाे अाकारकाे हल्का ब्राउन कलरले काेर्ने ।

४. हल्का लाइट पिंक क्रिम कलरकाे अाइसेडाे लगाउने र छेउकाे भागबाट डार्क कलरकाे अाइसेडाेले ब्रेन्ड गर्ने ।

५. गाजल सानाे या पातलाे काेर्ने

६. मस्करा लगाउने यदि परेला कम्ति छ भने नक्कली परेला पनि लगाउन सकिन्छ ।

७. लिबिस्टिक लगाउनु अघाडी लिप लाइनरले अाेठकाे सेप बनाउने अनी हल्का पिंक वा अाेरेन्ज कलरकाे लिप ग्लास लगाउने । जस्ले गर्दा याेङ ( उमेर कम देखिन्छ ) यदि राताे लगाउनु भयाे भने धेरै नेचुवर्ड ( उमेर भन्दा धेरै देखिनु ) देखिन सक्छ ।

८. गलाकाे छेउ छेउमा हल्का अाफुलार्इ सुट गर्ने राेज (ब्रलसर) लगाउने ।

९. बलसरकाे माथी हलका हाइलाइट गर्ने ।

१०. सबै मेकअप सकिसकेपछि सिरिङ पाउडर लगाउने ।

4995
Shares

ट्रेन्डिङ