सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • ​आज नेपाल आइडलबाट बाहिरिने पालो कसको ?

​आज नेपाल आइडलबाट बाहिरिने पालो कसको ?

3250
Shares
​आज नेपाल आइडलबाट बाहिरिने पालो कसको ?

काठमाडौं, भदौ ९ – पछिल्लो समय निकै नै लोकप्रिय बन्दै गइरहेको रियालिटी टेलिभिजन शो नेपाल आइडलबाट शुक्रबार एक जना बाहिरिने छन् । निकै नै राेचक र प्रतिष्पर्धात्मक बन्दै गएकाे नेपाल अाइडलमा अाज कसले रुवाउने हाे त्याे भने दर्शककै हातमा रहेको छ ।

विभिन्न चरणहरु पार गर्दै अहिले नेपाल आइडलमा पाँच जना प्रतिष्पर्धी बाँकी रहेका छन् । मोरङका निशान भट्टराई, नारायणगढ, चितवनका सागर आले, रुपन्देहीकी सुजाता पाण्डेय, पोखराका बुद्ध लामा तथा ललितपुरका प्रताप दासमध्ये शुक्रबार एक जना बाहिरिने भएका छन् । दर्शकको भोट नै निर्णायक भएकाले को बाहिरिन्छ भन्ने अनुमान गर्न गाह्रो छ । यद्यपी सामाजिक सञ्जालमा भने अड्कलबाजी गर्न थालिएको छ । सबै प्रतियोगीका प्रस्तुतिले दर्शक र निर्णायकको मन जित्न सफल भएको छ ।

यस अघि नै बाहिरिएका प्रतियोगी सुरज थापाले सबैलाई रुवाएर गए । झलकमान गन्धर्वको गीत ‘हे बरै’ मा उनले दमदार प्रस्तुति दिएका थिए । गत हप्ता उनी बाहिरिने दिनमा पनि निर्णायक मण्डलकी सदस्य इन्दिरा जोशी, अन्य प्रतिष्पर्धी र दर्शकसमेत रोएका थिए । त्यस्तै, पहिले नै बाहिरिएका प्रताप लामा, मेनुका पौडेल, अफसर अली, प्रमिला राई, उल्सन श्रेष्ठ, केञ्जल मेहर श्रेष्ठलगायतका प्रतियोगीको प्रस्तुति दर्शकले निकै नै मन पराएका थिए । नेपाल आइडलको ग्रान्ड फिनाले भने कतारमा हुने भएको छ ।
-उज्यालो

3250
Shares

ट्रेन्डिङ