सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • जनकपुरबाट एमाले नेता नेपाल लखेटिए

जनकपुरबाट एमाले नेता नेपाल लखेटिए

4480
Shares
जनकपुरबाट एमाले नेता नेपाल लखेटिए

जनकपुर ।  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललार्इ जनकपुरबाट लखेटिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाललाई ढुंगामुढा समेत प्रहार गरेका छन् ।

मंगलवार प्रदेश नम्बर–२ को अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न जनकपुर आएका नेपाललाई राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका कार्यकर्ताले रामानन्द चोकमा ढुंगा प्रहार गर्नुका साथै कालो झण्डा देखाएका हुन् । यसका साथै महिलाहरूले कुचाे र पुरूषले कालाे झण्डा देखाउँदै उनलार्इ लखेटिएका छन् ।

सुरक्षा चुनाैती बढेपछि प्रहरीकाे स्कटिङमा उनी त्यहाँबाट भागेका छन् । अहिले प्रहरीकाे स्कटिङमा उनी कार्यक्रमस्थल पुगेकाे खबर छ ।

कार्यकर्ता भेलामा नेता माधव नेपाल, गोकर्ण विष्ट, शत्रुघन महतोलगायतका नेताहरु सहभागी छन् । राजपा कार्यकर्ताले एमालेको कार्यकर्ता भेलामै ढुंगा प्रहार गरेका थिए ।

राजपा कार्यकर्ताले एमालेलाई मधेस बिरोधी भन्दै कालोझण्डा देखाएर नेपालको जनकपुर भ्रमणको बिरोध गरेका हुन् । उज्यलो नेपाल बाट

4480
Shares

ट्रेन्डिङ