सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • गाडीहरुको कुम्भ मेला राजधानीमा सुरु

गाडीहरुको कुम्भ मेला राजधानीमा सुरु

4405
Shares
गाडीहरुको कुम्भ मेला राजधानीमा सुरु

१३ भदौ, काठमाडौं । गाडीहरुको कुम्भ मेला आजबाट काठमाडौंमा सुरु भएको छ । नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपालको आयोजनामा सुरु भएको मेला १८ भदौसम्म चल्नेछ ।

भृकुटीमण्डपमा आयोजित मेलाको उदघाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बिरबहादुर बलायरले गरेका छन् ।

मेलामा विभिन्न ४१ वटा ब्राण्डका सवारी साधनहरु राखिएका छन् । हुण्डाई, टाटा, फोर्ड, होन्डा, महिन्द्रा, टोयोटा, सुजुकी, डाट्सन लगायतका १६ वटा ब्राण्डका चार पांग्रे, बजाज, यामाहा, हिरो, होन्डा, टिभीएस लगायतका १९ वटा ब्राण्डका दुई पांग्रे गाडीहरु प्रदर्शनीमा छन् ।

यस्तै टाटा, अशोक लेल्याण्ड, महिन्द्रा लगायतका ६ वटा ब्राण्डका हेवी कमर्सियल सवारी साधन पनि प्रदर्शनीमा राखिएको छ । सवारी साधनको प्रदर्शनीमा बैंक तथा वित्तीय संस्था, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस् र लुब्रिकेण्टसका स्टलहरु पनि राखिएको छ ।अनलाईन खबर  बाट

4405
Shares

ट्रेन्डिङ