सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कक्षा १२ को रिजल्ट सार्वजनिक, यसरी हेर्नुहोस रिजल्ट

कक्षा १२ को रिजल्ट सार्वजनिक, यसरी हेर्नुहोस रिजल्ट

3610
Shares
कक्षा १२ को रिजल्ट सार्वजनिक, यसरी हेर्नुहोस रिजल्ट

काठमाडौँ, १५ भदौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ। व्यवस्थापन, मानविकी र शिक्षा समूहका विद्यार्थीको नतिजा प्रकाशन भएको हो। विज्ञान समूहका विद्यार्थीको नतिजा भने गत साउन २० गते नै सार्वजनिक गरिसकिएको थियो ।

परीक्षा नियन्त्रण वोर्डका अनुसार १२ कक्षाको नियमित तर्फ ४८.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमित तर्फ परीक्षामा संलग्न एक लाख ७५ हजार ५ सय ९३ मध्ये ८४ हजार ५ सय ९३ विद्यार्थी उत्तीण भएका छन् । आंशिक तर्फ एक लाख २३ हजार १ सय २१ ले परीक्षा दिएकोमा ४८ हजार ७ सय ३६ जना उत्तिर्ण भएका छन् ।

परीक्षा नियन्त्रण कार्यालयले नेपाल टेलिकका प्रयोगकर्ताले १६०१ मा फोन गरेर नतिजा हेर्न सक्ने व्यवस्था गरेको छ । यस्तै http://www.neb.gov.np/ वा https://www.ntc.net.np/ बाट पनि नतिजा हेर्न सकिनेछ ।सहभागि हुन साढे ३ लाख परीक्षार्थीले परिक्षा दिएका थिए । राष्ट्रिय परीक्षा बोर्डले विज्ञान संकायको नतिजा भने गत साउन २० गते प्रकाशित गरिसकेको छ ।पि एन पि बाट

3610
Shares

ट्रेन्डिङ