सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • ग्राण्ड फिनालेका लागि नेपाल आइडलका टोली कतारमा (भिडियो सहित )

ग्राण्ड फिनालेका लागि नेपाल आइडलका टोली कतारमा (भिडियो सहित )

5285
Shares
ग्राण्ड फिनालेका लागि नेपाल आइडलका टोली कतारमा (भिडियो सहित )

एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो नेपाल आइडलको अन्तिम तयारीका लागि आइडलका निर्देशक लक्ष्मण पौडेल सहितको प्राविधिक टोली कतार पुगेको छ।

तयारीका लागि कार्यक्रम उद्घोषक सुशील नेपाल, प्रमुख क्यामेरा म्यान शिवराम श्रेष्ठ, आइटी प्रमुख धनन्जय आचार्य, लाइट डिजाइनर पन्कज बिकलगायतको टोलि कतार पुगेको हो।

नेपाल अइडलको ग्राण्ड फिनालेका लागि अब एक हप्तामा मात्रै बाँकी छ। यही सेप्टेम्बर २२ तारिखमा कतारमा आयोजना हुँदैछन्। नेपाल आइडलमा अहिले निशान भट्टराई, वुद्ध लामा र प्रताप दास गरी तीन प्रतिस्पर्धी छन्।

-अनलाईन टि भि नेपाल बाट

5285
Shares

ट्रेन्डिङ