सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • आइडलको अन्त्यसँगै के गर्छन् निशान भट्टराई ?

आइडलको अन्त्यसँगै के गर्छन् निशान भट्टराई ?

2980
Shares
आइडलको अन्त्यसँगै के गर्छन् निशान भट्टराई ?

काठमाडौं, ३ असोज — कतारको दोहामा हुने नेपाल आइडलको फाइनल कार्यक्रमका लागि नेपाल आइडलको टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ । नेपाल आइडलका उत्कृष्ट तीन प्रतिस्पर्धी पनि कतार उडेका छन् ।

उनीहरुसँगै टप १० मा रहेका सबै कलाकाहरु प्नि कतार उडेका छन् । कतारबाटै नेपालको पहिलो नेपाल आइडलको बारेमा घोषणा हुन् छ ।
अहिले नेपाल आइडलका तीन उत्कृष्ट प्रतिस्पर्धीहरु निशान भट्टराई, प्रताप दास र बुद्ध लामाले अन्तिम पटक आफूहरुलाई भोट गर्न अनुरोध गरिरहेका छन् । तीनै जना प्रतिस्पर्धीले आफ्नो गृह जिल्लामा गएर भोट मागेका छन् । उनीहरुले टुडिखेलमा भएको एक कार्यक्रममा पुगेर पनि आफ्ना शुभेच्छुकहरुसँग भोट मागेका थिए ।

अहिले बिराटनगरका निशान भट्टराईको चर्चा निकै चलेको छ । उनका फ्यानहरुले निशान भट्टराईनै नेपाल आइडल बन्ने बताउँछन् । आफूहरुले निशानको लागि सकेसम्म धेरै भोट गरेकोले निशाननै यसपाली नेपाल आइडल बन्ने उनका फ्यानहरुले बताए ।
उनका फ्यानहरुले विदेशमा बसेर पनि धेरै भन्दा धेरै जिमेल आइडी बनाएर एप बाट भोट गरेका छन् । नेपालबाट पनि धेरै फ्यानहरुले भोट गरिरहेका छन् । अघिल्लो हप्ता डेन्जर जोनमा परहेको कारणले गर्दा निशानलाई यसपाली उनका फ्यानहरुले पहिलेभन्दा धेरै भोट गरेको बताएका छन् ।

निशानले पनि आफूमा नेपाल आइडल बन्ने आशा रहेको बताएका छन् । उनले नेपाल आइडलको अन्त्यसँगै पनि आफू निरन्तर गायनमा लाग्ने बताएका छन् । उनले नेपाल आइडलबाट धेरै फ्यान कमाएकोले उनीहरुको मायाले गर्दा पनि आफू अव निरन्तर गीत संगितमै लाग्ने बताए ।

नेपाल आइडल जो बने पनि आफू नेपाल आइडलमा आफूलाई माया गर्ने सबैसँग रहने बताएका छन् । ‘नेपाल आइडल भोटका आधारमा छानिने हो, प्रस्तुतिको रुपमा हामी सबैको प्रस्तुति दर्शकहरुले मन पार्नुभएको छ,’ निशानले भन्न गरेका छन्, ‘अब म नेपाल आइडल भएपनि नभएपनि, निरन्तर गीत संगितमै लाग्नेछु ।’उनले अझै केही दिन बाँकी रहेकोले सकेसम्म धेरै भोट गर्न सबैलाई अनुरोध गरेका छन् । अन्तिम सयमा आएर भोट गर्नबाट नचुक्नका लागि पनि उनले आफ्ना फ्यानहरुलाई अनुरोध गरेका छन् ।केहीबेर अघि नेपाल आइडलको फाइनल कार्यक्रमा लागि कतार उडेका उनले फेसबुकमा लेख्दै सबैलाई भोट गर्न अनुरोध समेत गरेका छन् । नेपाल आइडल जो बनेपनि आफू जीवनभर गायन पेशामै रहने निशानको अठोट रहेको छ ।

आजभोलि निशान निकै चर्चित बनेका छन् । सुरु सुरुका दिनमा उनका बाबुले घरमा भएको गाइ बेचेर छोरालाई भोट गराएका थिए । तर अहिले निशानका फ्यान आफैं सक्रिए भएका छन् । निशानले पनि आफ्नो खाजा खर्च कटाएर भएपनि आफूलाई भोट गर्न अनुरोध गरेका छन् ।आफूले आफ्ना फ्यानहरुलाई कहिल्यै दुखि नबनाउने समेत उनले बताएका छन् ।खबर यात्रा बाट

2980
Shares

ट्रेन्डिङ