सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • नेप्सेमा दोहोरो अंकको गिरावट

नेप्सेमा दोहोरो अंकको गिरावट

2880
Shares
नेप्सेमा दोहोरो अंकको गिरावट

१२ कात्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेन्जको कारोबार मापक परिसूचक नेप्सेमा आइतवार दोहोरो अंकको गिरावट देखिएको छ ।
नेप्से परिसूचक १३.४९ अंकले घटेर १५४० विन्दुमा आइपुगेको छ । अझै पनि चुनावलाई लिएर अनिश्चितताहरु देखिएकोले बजार ओरालो लागेको आशंका ब्रोकर भरत रानाभाटको रहेको छ ।

‘अहिले बैंकहरुले निक्षेपको व्याज दर घटाइरहेका छन्, तर निर्वाचन हुने/नहुने वा कुन शक्ति आउनेछ भन्ने जस्ता चिन्ताले बजारमा वृद्धि नदेखिएको हो,’ रानाभाटको विश्लेषण छ ।

वित्तीय विवरण प्रकाशित गरेका बैंकहरुमा कतिपयको नाफामा मध्यम तथा न्युन वृद्धि देखिएको र प्रतिसेयर आम्दानीमा पनि गिरावट आएपछि पनि लगानीकर्ताहरु लगानी गर्न उत्साहित नभएको देखिन्छ ।

बजार घटेपनि यसदिन कारोबार रकममा भने वृद्धि देखिएको छ । यसदिन ५० करोड रुपैयाँको सेयर कारोबार भएको छ । सबैभन्दा धेरै रकमको कारोबार हुनेमा नेपाल बंगलादेश बैंक रहेको छ । बैंकको ४ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन सबै समूहको परिसूचक घटेका छन् । बिमा, वित्त र अन्य बाहेक सबै समूहका परिसूचक लगभग १ प्रतिशतको हाराहारीमा घटेका छन् । १ सय ५८ कम्पनीको सेयर कारोबार यसदिन भएकोमा १ सय १९ कम्पनीको सेयर मूल्य घटेर कारोबार भएको छ । २५ कम्पनीको मात्र सेयर कारोबार मूल्य बढेर भयो । कम्पनीहरुको मूल्य सिमान्तदरमा घढबढ भएको छl -अनलाइनखबर बाट

2880
Shares

ट्रेन्डिङ