सबैको समाचार
बिहिबार, असार ३२, २०८३
  • होमपेज
  • चुनावी तालमेलप्रति कांग्रेस इमान्दार देखिएनः राजपा नेता सुमन

चुनावी तालमेलप्रति कांग्रेस इमान्दार देखिएनः राजपा नेता सुमन

4380
Shares
चुनावी तालमेलप्रति कांग्रेस इमान्दार देखिएनः राजपा नेता सुमन

१२ कात्तिक, काठमाडौं । राष्ट्रिय जनता पार्टीको महासचिव मनिष सुमनले लोकतान्त्रिक गठबन्धन बनाउन कांग्रेस इमान्दार नबनेको आरोप लगाएका छन् आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा कार्यदलका सदस्य समेत रहेका सुमनले भने, ‘कांग्रेसलाई गठबन्धनप्रति कुनै आकर्षण छैन । चुनावी तालमेलमात्रै पनि बाध्यात्मक परिस्थितको उपज हो ।’

तालमेल गर्ने भनिए पनि कांग्रेसले आफुखुशी उम्मेदवार बनाएको र कार्यदलको बैठकमा पनि जिम्मेवार रुपमा प्रस्तुत नभएको उनको आरोप छ । उनले तालमेल गर्ने भए हैसियतअनुसार सिट बाँडफाँट गर्न कांग्रेस तयार हुनुपर्ने बताए ।
साथै मधेसीको मागअनुसार संविधान संशोधन गर्ने प्रतिवद्धता कांग्रेसले गर्नु पर्ने राजपा नेता सुमनको भनाइ छ ।-अनलाइनखबर बाट

4380
Shares

ट्रेन्डिङ