सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • चुनावी अभियानमा सम्यमता अपनाऔं

चुनावी अभियानमा सम्यमता अपनाऔं

4880
Shares
चुनावी अभियानमा सम्यमता अपनाऔं

काभ्रे /कार्तिक २० प्रतिनिधिसभा र प्रदेशसभाको आगामी मंसिर २१ गते  हुने निर्वाचनका लागि राजनीतिक दहरुले बाजागाजा र झाँकीसहित हर्सोलाषका साथका उम्मेदवारी दर्ता गराएका छन । पछिल्लो समय शहर बजारदेखी गाँऊघरका टोल टोलमा होस् वा चियापसलसम्म उम्मेदवारका बारेमा चर्चापरिचर्चा हुन थालेको छ ।

राजनीतिक संक्रमणको अन्त्यपछि मुलुक विकास निर्माणमा प्रवेश गर्नेछ भन्ने आशाले पनि सर्वसाधारणलाई निर्वाचनप्रति सक्रिय हुन प्रेरित गरेको छ । नेपालको संविधान, २०७२ मा व्यावस्था भए बमोजिम निर्धा्रिरत समयावधिमा नै यस अघिका निर्वाचनहरु सम्पन्न भई सकेकाले प्रतिििनधि सभा र प्रदेश सभाको निर्वाचन पनि तोकिएकै समयामा सम्पन्न हुनेमा नेता, कार्यकर्ता र मतदाताहरु निश्चिन्त देखिन्छन ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भए पश्च्यात राष्ट्रिय सभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पनि हुनेछ र  त्यसपछि संविधान कार्यान्वयनको एउटा चरण पूरा हुनेछ । संक्रमण अन्त्यसँगै मुलुकमा आर्थिक एवं सामाजिक विकासका अजेन्डाले स्थान पाउने अपेक्षा गर्न सकिन्छ । राजनीतिक संक्रमणको अन्त्यपछि मुलुक विकास निर्माणमा प्रवेश गर्नेछ भन्ने आशाले पनि सर्वसाधारणलाई निर्वाचनप्रति सक्रिय हुन प्रेरित गरेको छ । संक्रमण अन्त्यसँगै मुलुकमा आर्थिक एवं सामाजिक विकासका अजेन्डाले स्थान पाउने अपेक्षा गर्न सकिन्छ ।

मनोनयन दर्तासंगै नेपालका सबै राजनीति दलहरु चुनावी मैदानमा होमिएका छन । आफ्नो पार्टी र उमेद्वारका पक्षमा जनताको मन जित्नका लागि चुनावी घोषणापत्र तयार गरी दलहरु चुनावी प्रचार प्रसारमा ब्यस्त रहन थालेका छन । ठूला दलहरु आफ्नो पक्षमा विजय हाँसिल गर्नका लागि अन्य दलहरुसं चुनावी तालमेल गरी मैदानमा उत्रिएका छन् । यसै क्रममा नेपाली कांग्रेस राप्रपा लगायतका केही दलहरुको लोकतान्त्रिक गठबन्धन र नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले संयुक्त वाम गठबन्धन बिच कडा प्रतिष्पर्धा हुने निश्चित भएको छ ।

चुनावी प्रतिस्पर्धीका क्रममा दलहरूबीच आक्रामक शैलीमा चुनावी प्रचारप्रचार हुने गर्दछ । एक दलले अर्को दललाई गालि गलच गरी झुट्टा आरोपहरुलाई जनताको आँखामा छारो हालेर सत्ता र स्वार्थका जस्तोसुकै हर्कत अपनाउने गरेका धेरै उदाहरणहरु छन । यस पालिको निर्वाचनमा  दलहरुले स्वच्छ प्रतिष्पर्धा गरी निर्वाचनलाई सभ्य रुपमा संचालन गर्नका लागि राजनीति दल, दलका उमेद्वार, नेता , कार्यकर्ता र मतदाताहरुले सम्यमता र धैर्यताका साथ निर्वाचन सफ पारौं । -काभ्रे सन्देश साप्ताहिक बाट

4880
Shares

ट्रेन्डिङ